१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा



अ+ अ-

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको र शिशु सिद्धार्थलाई त्यहीबाट गृहनगर तिलौराकोट दरबारमा फर्काइएको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धमूर्तिको आज शोभायात्रा गरिएको छ ।

लुम्बिनीमा जन्मिएका बोधिसत्व (बुद्ध) सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको स्मरण स्वरुप आज लुम्बिनीबाट शिशु बुद्धलाई शोभा यात्रासहित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार पुर्‍याइएको हो । सिद्वार्थ गौतमलाई बुद्ध जन्मिएको दिन पूर्णिमाको दोस्रो दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै आज बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राशोभायात्राषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ) को मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको थियो । राजा शुद्वोधन र मायादेवीको स्वरूप बनाएर बग्गीमा चढाएर शिशु बुद्ध तिलौराकोट पठाइएको कोषका सदस्य सचिव शाक्यले बताउनुभयो ।

राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कोषले २५६७ औँ बुद्धजयन्तीको अवसरमा बाजागाजासहित शोभा यात्रा निकालेको थियो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु ९तिलौराकोट० फर्किंदाको दुई हजार ६ सय वर्षअघिका क्षणलाई स्मरण गराउने कोसिस गरिएको सदस्य सचिव शाक्यले बताउनुभयो ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत जाने इच्छा गरेपछि देवदह जानेक्रममा लुम्बिनीस्थित बगैंचामा आराम गर्न डोेलीबाट ओर्लिएपछि उहाँलाई व्यथाले च्यापेको थियो । बगैचामा उहाँले राजकुमार सिद्धार्थलाई जन्म दिनुभएको थियो । त्यसपछि तिलौराकोट, कपिलवस्तु र देवदहलाई सिँगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित रथमा बसेर कपिलवस्तु फर्किनुभएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको थियो । रासस