• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा



काठमाडौँ। सहकारी पीडितहरुको सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत शुरु गरेका हुन् । सहकारी पीडित वचतकर्ताहरु संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् ।

अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको वचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो । सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताउनु भयो । उहाँले सरकारले सञ्चालकलाई कारबाही गरी वचताकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरुको माग रहेको बताउनु भयो । उहाँले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताउनु भयो ।

उहाँले सहकारी पीडितहरुको आन्दोलन अन्तिम लडाईको रुपमा अघि बढेको बताउनु भयो । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिनुभयो । उहाँले सहकारी पीडितहरुले सरकारसँग न्याय भन्दा बाहेक अन्य केही नखोजेको बचाउन भयो ।

सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे,हाम्रो वचत रकम फिर्ता गर,बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।