• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला



काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् ।

५७ वर्षीय इन्जिनियर पोखरेल बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका भक्तपुर प्रहरीले जनाएको छ ।

विशेष अदालतले जेठ ८ गते मात्रै पोखरेललाई दोषी ठहर गरेको थियो । अदालतले पोखरेललाई ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा पोखरेलले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसबारे थप अनुसन्धान भईरहेको छ ।