२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला



अ+ अ-

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् ।

५७ वर्षीय इन्जिनियर पोखरेल बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका भक्तपुर प्रहरीले जनाएको छ ।

विशेष अदालतले जेठ ८ गते मात्रै पोखरेललाई दोषी ठहर गरेको थियो । अदालतले पोखरेललाई ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा पोखरेलले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसबारे थप अनुसन्धान भईरहेको छ ।