• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन



एजेन्सी । सीएसकेका सीईओ कासी विश्वनाथनले धोनीले अर्को सिजन पनि आईपीएल खेल्नेमा आशा रहेको बताएका छन् । एमएस धोनीको सन्यासको बारेमा विश्वनाथनले धोनीले सन्यास लिनेबारे आफूलाई थाहा नभएको बताएका छन् ।

चेन्नईको युट्युब च्यानलमा सोधिएको प्रश्नको जवाफमा विश्वनाथनले भने, ‘यो यस्तो प्रश्न हो जसको उत्तर धोनीले मात्र दिन सक्छन् । धोनीले लिएका निर्णयलाई हामीले सधैं सम्मान गरेका छौं, हामीले यो उहाँलाई छोडेका छौं।’

विश्वनाथनले थप भने, जसरी तपाई सबैलाई थाहा छ, उनले सधैं आफ्ना निर्णयहरू उपयुक्त समयमा घोषणा गरेका छन्। हामी धेरै आशावादी छौं कि धोनी अर्को वर्ष चेन्नईको लागि उपलब्ध हुनेछन्।

४३ वर्षिय धोनीले चालू सिजनका १४ खेलमा १६१ रन बनाएका छन् । उनले २२०.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । धोनीले सिजनमा १४ चौका र १३ छक्का प्रहार गरेका छन्।