६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभासको ‘राधे श्याम’ फ्लप साबित



अ+ अ-

एजेन्सी । ‘द कश्मीर फाइल्स’सँगै रिलिज भएको साउथ सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेगडेको फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेको छैन । 

फिल्मले चार दिनमा विश्वभर १६५.१८ करोडको कलेक्सन गरेको छ ।

तर फिल्मको हिन्दी संस्करणले दर्शकलाई हलमा तान्न सकेन । सुरुका दिनहरूमा राधे श्यामले आन्ध्र प्रदेश र तेलंगानाको बक्स अफिसमा धुम मच्चाएको थियो । तर दिन बित्दै जाँदा चलचित्रको कमाई घट्दै गएको छ ।

राधे श्याम ११ मार्चमा तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी गरी पाँच भाषामा रिलिज भएको थियो । चलचित्रले सोचे अनुसार कमाई गर्न सकेको छैन । 

फिल्मले तेलुगु राज्यमा ३७.९१ करोड रुपैयाँको ओपनिङ गरेको थियो । त्यसपछि दोस्रो, तेस्रो र चौथो दिन फिल्मले क्रमशः १९.२८ करोड, १६.५ करोड र ३.५८ करोड कमाएको थियो । उत्तर भारत, कर्नाटक र तमिलनाडु लगायतका अन्य राज्यहरूमा पनि फिल्मको सङ्कलन प्रभावशाली छैन ।

अर्थात् प्रभासको फिल्मले भारतमा १०० करोडको आँकडा पूरा गर्न सकेको छैन । राधे श्यामले बक्स अफिसमा कुल ९७.७ करोड कमाएको छ । राज्यमा फिल्मको प्रदर्शनको कुरा गर्ने हो भने राधे श्यामको पाँच दिनमा तेलुगु संस्करणले ७९.०१ करोड, हिन्दी संस्करणले १७.५१ करोड, तमिल संस्करणले १.११ करोड र मलायालम संस्करणले ०.०७ करोड मात्रै कलेक्सन गरेको छ ।