• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला



काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निस्कर्ष सकिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कँग्रेस पछि हटेको र काँग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ । नेपाली काँग्रेसबाट निरन्तर उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने विषय संसदबाट यस प्रकारबाट व्यक्तिका नाममा किटान गरेर सकिँदैन भन्ने भएको छ । नेपाली काँग्रेस यसमा थप लचकता अपनाएर आएको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर जाऔँ भन्नेकुरामा लचकताका साथ आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हाउस अघि बढ्छ ।’

उहाँले उपप्रधानमन्त्री लामिछानेले ऋण लिएको भनिएको सहकारीको नाम किटान गरेर अघि बढ्ने कुरामा सकारात्मक वार्ता भएको बताउनु भयो ।