२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएकोमा खुशी लागेको बताउनु भयो । उहाँले सिनेमा र सिनेमाको पात्र हेरिसकेपछि राम्रोसँग निभाएको अुभव भएको बताउनु भयो । पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको बताउनु भयो । पुजार सार्की वास्तविक कथावस्तु रहेको बताउनु भयो ।

अभिनेता प्रदीप खड्काले चलचित्रमा डेटिङ रोमान्स कम भयो नि भन्ने प्रश्नमा अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हुनसक्ने भन्दै हासीमजाक गर्नुभयो । बिहानै बिहानै सबैले धेरै माया गरेकाले खुशी लागेको बताउनु भयो । विवाहको सम्बन्धबारेको प्रश्नमा उहाँले वास्तविक जीवनमा अब छिटै विवाह गर्ने बताउनु भयो । अभिनेत्री अञ्जना बराइलीले चलचित्र मन पराउनुले चलचित्रमा अभिनय गर्ने पात्रहरु सबैले न्याय दिन सकेको आफूले बुझेको बताउनु भयो । त्यस्तै अर्की अभिनेत्री परीक्षा लिम्बूले दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेकाले खुशी लागेको बताउनु भयो ।

बिहीवार (आज) बाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गर्नुभएको हो । चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ । चलचित्रलाई सुवास भुसालले निर्माण गर्नुभएको हो । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नुभएको हो ।