२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि पछि हट्यो अमेरिका



अ+ अ-

एजेन्सी । अमेरिकी सरकारले बुधवार नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णयलाई फिर्ता लिन आग्रह गर्दै प्यालेस्टाइनको राज्यलाई एकपक्षीय मान्यतामार्फत प्राप्त गर्न नहुने बताएको छ ।

यस विषयमा अमेरिकाको स्पष्ट अडान रहेको बताउँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले राष्ट्रपति जो बाइडेनले दुई–राज्य समाधानको समर्थन गर्दै आएको बताउनु भयो । दुई–राज्य समाधान प्रत्यक्ष वार्ताबाट मात्रै हुनुपर्ने बताउनु भयो । एकपक्षीय मान्यताको माध्यमबाट गरिएको समाधान दिगो नहुने अमेरिकाको अडान छ ।

बुधवार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदुतहरूलाई फिर्ता बोलाएको छ । बाइडेनले जर्जियाको एटलान्टामा मोरेहाउस कलेजको उद्घाटन समारोहमा अमेरिकाले दुई–राज्य समाधान प्राप्त गर्न सुनिश्चितताका लागि काम गरिरहेको बताउनुभएको छ ।

प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।