२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि पछि हट्यो अमेरिका



अ+ अ-

एजेन्सी । अमेरिकी सरकारले बुधवार नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णयलाई फिर्ता लिन आग्रह गर्दै प्यालेस्टाइनको राज्यलाई एकपक्षीय मान्यतामार्फत प्राप्त गर्न नहुने बताएको छ ।

यस विषयमा अमेरिकाको स्पष्ट अडान रहेको बताउँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले राष्ट्रपति जो बाइडेनले दुई–राज्य समाधानको समर्थन गर्दै आएको बताउनु भयो । दुई–राज्य समाधान प्रत्यक्ष वार्ताबाट मात्रै हुनुपर्ने बताउनु भयो । एकपक्षीय मान्यताको माध्यमबाट गरिएको समाधान दिगो नहुने अमेरिकाको अडान छ ।

बुधवार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदुतहरूलाई फिर्ता बोलाएको छ । बाइडेनले जर्जियाको एटलान्टामा मोरेहाउस कलेजको उद्घाटन समारोहमा अमेरिकाले दुई–राज्य समाधान प्राप्त गर्न सुनिश्चितताका लागि काम गरिरहेको बताउनुभएको छ ।

प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।




भर्खरै