• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



ललितपुर। ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गए राति बा३ ख ६६२१ नम्बरको टिपरले प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा ३२ वर्षीय जयनाथ यादव रहेका छन् । सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएका यादव कोटेश्वरमा बस्दै आएका थिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका यादवको बिएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना गराएर फरार रहेको टिपरलाई टिका भैरवमा समातिएको प्रहरीले जनाएको छ ।