• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने ★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

दुर्लभ पाटे बाघ मृत भेटियो



फाईल फोटो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ ।

बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । “विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०/१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको हामीलाई खबर आएको थियो”, उहाँले भन्नुभयो, “स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।”

बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । मृत बाघलाई घटनास्थलबाट सब डिभिजन वन कार्यालय दम्किबास लगिएको र आज परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बर्दघाट सुस्तापूर्वमा गत फागुनयता योसहित तीन वटा दुर्लभ पाटे बाघ मरेका छन् । रासस