• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दो रहेको बताउनुभएको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औं जन्मजयन्तीका अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको दर्शनको सान्दर्भिकता बढ्दो क्रममा रहेको बताउनुभएको हो । उहाँले आम नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्माण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेकोवैशाख पूर्णिमालाई विश्वुभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनु भएको शिक्षा र प्रतिपादन गर्नु भएको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्द्रसंघले समेतसन १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्द्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ– ‘विश्वका विभिन्न भू–भागमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मानर सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उङ्खिकैमननीय र उपयोगी रहेका छन् । बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानलाई थप सुदृढ गर्न सकिन्छ । तसर्थ, समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्दै धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाकव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई वृहत राष्द्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन पनि आह्वान गर्नुभएको छ ।