२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ हजार १५४ जनाको पिसिआर परिक्षणमा ४४५ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ। बिहिबार देशभर ४४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १५४ जनाको पिसिआर परिक्षणमा ४४५ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ७२२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४३४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९७ हजार ९ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३७ जना रहेको छ ।