२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



file photo
अ+ अ-

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थप अनुमति दिएको हो ।

न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा जिल्ला अदालतको आदेशसँगै सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका थिए ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै छानबिन गर्न प्रहरीमा जाहेरी परेको थियो ।