• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कांग्रेस गृहमन्त्रीविरुद्ध सडक प्रदर्शनमा उत्रिने



काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो ।

जसअनुसार कांग्रेसले नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने छ ।

यस्तै, उपत्यकाबाहिर प्रदर्शन गर्नका लागि थप कार्यक्रम लैजाने कांग्रेसको तयारी छ ।