२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता र हैदरावादको खेलपछि शाहरुखले गरे गल्ती, मागे माफी



अ+ अ-

एजेन्सी । मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्सका सह–मालिक शाहरुख खानको उत्साह देख्न सकिन्थ्यो । आईपीएल २०२४ को पहिलो क्वालिफायरमा बुधबार श्रेयस अय्यरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको थियो ।

योसँगै कोलकाताले सिधै फाइनलमा स्थान बनाएको छ । केकेआरको जितपछि शाहरुख खानले नरेन्द्र मोदी स्टेडियमको परिक्रमा गरेर फ्यानहरुलाई धन्यवाद दिएका थिए ।

शाहरुख खानले स्टेडियमको परिक्रमा गर्दा ठूलो गल्ती गरे । शाहरुख खान आफ्ना छोराछोरी अबराम र सुहानासँग मैदानमा दर्शकहरूलाई धन्यवाद दिँदै लाइभ शोको बीचमा पुगेका थिए ।

‘किंग खान’ले तुरुन्तै आफ्नो गल्ती महसुस गरे र कमेन्ट गरिरहेका पूर्व क्रिकेटर आकाश चोपडा, सुरेश रैना र पार्थिव पटेलसँग माफी मागे । शाहरुख खानले तीनै जनालाई अँगालो हालेर टाउकोमा हात राख्दै माफी मागेर अगाडि बढे ।

यही क्षणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । केकेआरको जितपछि कप्तान श्रेयस अय्यरले आफ्नो टोलीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आश्वासन दिएका छन् । खेलपछि अय्यरले भने, ‘हामी धेरै खुसी छौं । हरेक खेलाडीले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरेका छन् । हाम्रा बलरहरू आफ्नो प्रविधिमा दृढ छन् । हाम्रा कुनै पनि खेलाडीले फाइनलमा यो गतिलाई निरन्तरता दिने आशा राखेका छन् ।’

कोलकाता नाइट राइडर्सले फाइनलमा कुन टोलीसँग खेल्ने भन्ने कुरा मे २४ मा थाहा हुनेछ । आईपीएल २०२४ को एलिमिनेटर खेल आज बुधबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुँदैछ । यस खेलको विजेता टोलीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादको सामना गर्नेछ । त्यसपछि आइतवार हुने फाइनलमा केकेआरलाई कुन टोलीले चुनौती दिने भन्ने थाहा हुनेछ ।