• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको कांग्रेसले आगामी भूमिका तय गर्न बैठक बोलाएको हो ।