१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी पनि उपाधिको होडमा सामेल



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बुधबार रातिको खेलमा ब्राइटनलाई १–० ले हरायो । इतिहाड स्टेडियममा भएको खेलमा युवा खेलाडी फिल फोडेनले निर्णायक गोल गरे ।

यो नतिजापछि सिटी यस सिजनमै पहिलोपल्ट अंक–तालिकाको शीर्ष तीन स्थानमा पनि उक्लेको छ । सबैखाले प्रतियोगितामा सिटीको यो लगातार सातौं जित हो । यस्तै पछिल्ला १४ खेलमा सिटी अपराजित रहेको छ । सिटीको अब १६ खेलबाट ३२ अंक भएको छ । उसका अगाडि म्यानचेस्टर युनाइटेड ३६ र लिभरपुल ३३ अंकमा छन् ।

बुधबारकै अर्को खेलमा फुलहमले टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । ह्यारी किनको गोलले अग्रता लिएको टोटनहमविरुद्ध फुलहमका लागि इभान काभालेरोले बराबरी गोल फर्काए । टोटनहम ३० अंकसाथ छैटौं स्थानमा रह्यो भने फुलहम १२ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।