२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक रेडियोको विकास तथा दिगोपनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएमको २८ औं स्थापना दिवसमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देश पठाउँदै सामुदायिक रेडियोको विकासमा प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले नेपाल र दक्षिण एसियाकै मानक सामुदायिक प्रसारण सेवाको रुपमा स्थापित रेडियो सगमाथाले सूचना सम्प्रेषणका क्षेत्रमा पुर्‍याएको योगदानका लागिसमेत धनयवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामूलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको पूवद्र्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय छ ।’

उहाँले मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनका समाधानका उपायसमेत जनतासम्म पुर्‍याउन रेडियोले अझै सशक्त जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षासमेत गर्नुभएको छ ।




भर्खरै