४ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक रेडियोको विकास तथा दिगोपनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएमको २८ औं स्थापना दिवसमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देश पठाउँदै सामुदायिक रेडियोको विकासमा प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले नेपाल र दक्षिण एसियाकै मानक सामुदायिक प्रसारण सेवाको रुपमा स्थापित रेडियो सगमाथाले सूचना सम्प्रेषणका क्षेत्रमा पुर्‍याएको योगदानका लागिसमेत धनयवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामूलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको पूवद्र्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय छ ।’

उहाँले मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनका समाधानका उपायसमेत जनतासम्म पुर्‍याउन रेडियोले अझै सशक्त जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षासमेत गर्नुभएको छ ।