२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । संसारमा यस्तो अनौठो कीर्तिमान बनेको छ, जसको भिडियो बाहिर आएपछि मानिसहरूले सोच्न थाले कि यस्तो कामका लागि पनि रेकर्ड बन्छ । घानाका एक २९ वर्षीय विद्यार्थीले अचम्मको रेकर्ड राखे ।

घानाका २९ वर्षीय विद्यार्थी अबुबकर ताहिरुले एक घण्टामा यति धेरै रुखलाई अँगालो हालेर विश्व कीर्तिमान बनाएका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले पनि ताहिरुको उपलब्धिको भिडियो साझा गरेको छ, जुन द्रुत रूपमा भाइरल भइरहेको छ, ताहिरुले एक घण्टामा १ हजार १२३ भन्दा बढी रूखहरूलाई अँगालो हालेर नयाँ कीर्तिमान बनाएका छन् ।

गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक इन्स्टाग्राम ह्यान्डलले उल्लेखनीय उपलब्धिको भिडियो साझा गरेको छ । यसमा अबुबकर ताहिरु घना जङ्गलबाट दौडिरहेको र विभिन्न सङ्ख्याका रूखहरूलाई द्रुत रुपमा अँगालो हालेको देखाउँछ । भिडियोलाई अहिलेसम्म लाखौंले हेरिसकेका छन् ।

गिनिज वल्र्ड रेकर्डको आधिकारिक वेबसाइटका अनुसार घानाका २९ वर्षीय पर्यावरण कार्यकर्ता र वन विज्ञानका विद्यार्थी अबुबकर ताहिरुले एक मिनेटमा १९ वटा रुखलाई अँगालो हालेका थिए ।