२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ ।

सत्ता पक्ष र प्रतिपक्ष दलको अडान यथावत भएकाले सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो ।

बैठकपछि बोल्दै कार्यदलमा सदस्य एवम् एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताए । उनले संसद बैठकपछि फेरि कार्यदल बैठक बस्ने जानकारी दिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सहमतिको प्रयास भइरहेको बताए । उनले भने, ‘ एकजना व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने हो । यसबाट गलत नजिर बस्छ । समस्या भएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी सक्छौँ भन्ने लागेका छौँ ।’

यस्तै, नेपाली कांग्रेसका जीवन परियारले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको बताए । साथै, छानबिन समिति नबन्दासम्म संसद चल्न नसक्ने उनले बताए।

यसअघि आइतबार पनि कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।