२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने

गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने
अ अ+ अ-

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभएको छ ।  

भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उहाँले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिनुभयो । “ भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहले मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “परम्परागतशैलीमा बनाइएका भौतिक पूर्वाधारलाई क्रमशः विस्थापित गर्दै लग्नुपर्छ ।” 

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार एकाइ ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको जानकारी दिदैं विपद्का बेला तत्काल उद्धारकार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधनसहित रेस्क्यु युनिट खडा गर्न लागिएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोतसाधनले भ्याएसम्म पर्वतमा उद्धार कार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै कुनै पनि ठाउँमा घटना हुने वित्तिकै वा हुने सम्भावना देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा आग्रह गर्नुभयो । 

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउँदै प्राविधिकले गरेको नक्शापासबिना कुनै पनि संरचना नबनाउन तथा बनाउन नदिनका लागि जनप्रतिनिधिहरु जिम्मेवार हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लामा ०७२ सालपछिको भूकम्पका कारण भत्किएका विद्यालयका संरचनाको पुनःनिर्माण प्रभावकारी रुपमा अघि बढेको बताउँदै पछिल्लो समय निर्माण भएका सबै संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी भएको जानकारी दिनुभयो । सो अवसरमा सशस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीले भूकम्प र भूकम्पपछिको उद्धारकार्यको नमूना प्रदर्शन (डेमोस्ट्रेसन) गरेका थिए । रासस