• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री



file photo

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको र आफूले कसैलाई आरोप नलगाएको बताएका हुन् ।

उनले भनेका छन् –

मैले के भनें भनेर पनि फेरि भन्नू पर्ने कस्तो आश्चर्यः
शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,
१. मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।
२. हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ ( छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।
सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो!!!