६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरुको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गर्नुभएको बताउनुभएको हो । उहाँले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले कार्यदलले संसदीय छानविन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद बैठक रोक्नुपर्ने कारण नभएको बताउनु भयो । उहाँले संसदभित्रको समस्याहरुलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । उहाँले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदको नियमित कामहरु पनि अगाडी नबढेको र संसद स्थगित भएका तमाम घटनाहरु छन् । अन्तिमसम्म त प्रयास गर्नुभयो त सभामुखले । गर्दाखेरी पनि नभएपछि त योभन्दा अर्को विकल्प सभामुखसँग थियो भन्ने मलाई लाग्दैन । कार्यादेशको सम्बन्धमा कार्यदलले छलफल गरिराखेको छ । यसलाई निष्कर्षमा पुर्‍याउने भनेर सकारात्मक ढंगले छलफल चलिरहेको सन्दर्भमा संसदको सारा कुरा रोक्नुपर्ने कारण के छ ? असहिष्णु बन्नुपर्ने कारण के छ ? काँग्रेसले यस विषयमा साच्नु पर्दैन ? त्यसकारण म नेपाली कांग्रेसलाई फेरि पनि आग्रह गर्न चाहन्छु, संसदभित्रका सारा समस्याहरुलाई छलफलबाट समाधान गरौँ । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर छलफल गरौँ । हामीले उठाएका मुद्दाहरु देश र जनताको हितमा हुनुपर्‍यो । देश र जनताका मुद्दा हुनुपर्‍यो । हाम्रो सत्ताका भर्‍याङ बनाउनका लागि, स्वार्थहरु पुरा गर्नका लागि यस्ता मुद्दाहरु कसैले पनि उठाउनु हुँदैन र त्यस्ता विषयहरुलाई बोकेर हिँड्नु हुँदैन भन्ने मेरो दृढताका साथ आग्रह छ ।’

मन्त्री गिरीले संसदीय छानविन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि(मंगलवार) बस्ने पनि बताउनु भयो ।