२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

मतदाता नामावली अद्यावधिक गर्न तयारी

मतदाता नामावली अद्यावधिक गर्न तयारी
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न तयारी अघि बढाएको छ । आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनको पहिलो तयारीका रुपमा मतदाता नामावली अद्यावधिक कार्यक्रम रहेको छ । यसलगतै अरु कार्यक्रम क्रमशः अघि बढ्ने आयोगले जनाएको छ । मतदाता नामावली ९दाबी विरोधसहित० कार्यक्रमका लागि तालिम सम्पन्न गरेकोे आयोगले जनाएको छ । अनलाइन प्रविधिमार्फत दुई चरणमा तालिम सञ्चालन गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । तालिम लिएका कम्प्युटर अपरेटरहरुले मतदान केन्द्र पुनरवलोकन कार्यक्रम, २०७७ कार्यान्वयन पनि सञ्चालन गर्नेछन् । आयोगका अनुसार देशभरका ७ सय ५३ वटै स्थानीय तहका वडाहरुमा सो कार्यक्रम सञ्चालन गरिनेछ ।

मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकनसम्बन्धी कार्य निर्वाचनको पूर्वसर्त रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्णरुपमा सम्पादन गर्न निर्देशन दिइएको बताउनुभयो। मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्था रहेको छ ।
आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन हुने पनि प्रमुख आयुक्त थपलियाको भनाइ रहेको छ । कार्यक्रमअन्तर्गत मतदाता नामावली प्रकाशित गर्ने, कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवदेन दिने, झुठा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाक्रलापहरु हुने भनिएको छ ।

आयोगले सो कार्यसँगै निर्वाचनको कार्यतालिका बनाउन तयारी गरिरहेको छ। आयुक्तहरुको कार्यदल बनाएर निर्वाचनमा लाग्ने अनुमानित खर्चको आकलन, आवश्यक सामग्री जुटाउने, आचारसंहिता बनाउनेलगायत कार्यक्रमको प्रारुप बनाउने काम भइरहेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिक