२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्नु हुने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले बंगलामुखी माई, हिरण्यवर्ण महाबिहार र कृष्ण मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । आज अपराह्न ४ बजे बंगलामुखी माईको पूजा अर्चनासँगै उहाँको धार्मिक यात्रा सुरु हुने छ । त्यसलगत्तै साढे ४ बजे हिरण्यवर्ण महाविहारमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

पूर्वराजा शाह साँझ सवा ५ बजे कृष्ण मन्दिरमा पुग्नुहुने छ । उहाँले कृष्ण मन्दिरमा पूजा आराधना गरेपछि समय रहेमा कुमारीको समेत दर्शन गर्ने कार्यक्रम छ ।