१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि



अ+ अ-

काठमाडौँ । यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । गएराति भएको निर्णायक खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले लगातार चौंथो सिजन उपाधिमाथि कब्जा गर्यो ।

घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टहामका मोहम्मद कुडुसले एक गोल फर्काए ।

सिटीले ३८ खेलमा ९१ अंक जोड्यो । अर्कोतर्फ आर्सनलले एभर्टनलाई पराजित गरेपनि दोस्रो स्थानमा रह्यो । आर्सनलले ८९ अंक जोड्यो ।

सिटीको यो समग्रमा आठौं प्रिमियर लिग उपाधि हो । उसले २०११, २०१३, २०१७, २०१८, २०२०, २०२१, २०२२, २०२३ गरी आठ पटक उपाधि जितेको छ ।