२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री आजदेखि खुला, सबै आवेदकले शेयर पाउने



अ+ अ-

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रबारदेखि विक्री खुला भएको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो । यो आईपीओ सबै आवेदकले पाउने निश्चित रहेको छ । 

उक्त आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहने जनाएको छ । कम्पनीको माग बमोजिम आवेदन भरेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले बताएको छ । कम्पनीको अधिकृत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा चुक्तापूँजी रू. २१ अर्ब ६० करोड चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको हो । संस्थापकतर्फ हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो । 

कम्पनीले कुल ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । त्यसैगरी बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

कम्पनीले यो आईपीओ विक्री गर्न पुस १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । उक्त आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।