६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड



अ+ अ-

काठमाडौं । चीनको ग्वाङ्झाउमा भएको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ ।

मे १६ देखि सुरु भएको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको छ ।

कोभिड–१९ महामारीपछि (जीआइटीएफ) मा नेपालको यो पहिलो सहभागिता हो । उद्घाटन समारोहमा ग्वाङ्जाओका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी हुनुभएको थियो ।

सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिनुभएको थियो । चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेको अवस्थामा ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

जेठ ३ देखि ५ (मे १६ देखि १८) सम्म सञ्चालन भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।
नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको फेयरमा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरले जानकारी दिनुभयो ।

नेपालले यस अघि सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट ( एटीएम–२०२४) को ३१ औं संस्करणमा सहभागिता जनाएको थियो ।