२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा मूला खानुका यस्ता छन् फाइदा



अ+ अ-

एजेन्सी । जाडो महिनामा बिरामी हुने सम्भावना बढी हुन्छ । रोगबाट बच्नका लागि स्वस्थ खानेकुरा खानुपर्छ । मूला खाँदा स्वास्थ्य राम्रो रहन्छ । मूलामा भिटामिन सी, क्याल्सियम, एन्टी अक्सिडेन्ट लगायतका गुण हुनाले मधुमेह लगायतका समस्या आउन पाउँदैनन् । 

मूलाको सेवन गर्दा शरीरमा क्यान्सरका कोशिकाहरू बन्न पाउँदैनन् । आन्द्रा, पेट, मुख र मिर्गौलाको क्यान्सरबाट मूलाले बचाउँछ । दिनदिनै बिहान काँचो मूला खाँदा जन्डिस हुन पाउँदैन । अनि मूत्ररोग लागेकाहरूलाई मूला खाँदा आरम मिल्छ ।

अमिलो डकार आउने समस्या भएकाहरूले मूला कोरेर रस निचोर्ने अनि त्यसमा मिश्री हालेर खाने गर्दा आराम हुन्छ ।