२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी



अ+ अ-

एजेन्सी । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो । आक्रोशित आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए ।

स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे । साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्यो । उनको शव शुक्रबार बिहान तीन बजे विद्यालय परिसरको ट्याङ्की भित्रबाट निकालिएको प्रहरीले जनाएको छ ।

घटनाबाट आक्रेशित स्थानीयहरूले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए भने घटनास्थलमा पुगेका फायर टेन्डरहरूले आगो निभाउन सफल भए ।

वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान सुरु गरेको बताएका छन् । पाटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण सङ्कलन गरेको बताउनुभयो ।

ससिटिभीमा बच्चा स्कुलमा प्रवेश गरेको तर कुनै पनि विन्दुमा उनी स्कुल परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

आपराधिक उद्देश्यको घटनाको प्रवृत्ति देखा परेकाले तीन जनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।