काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएपछि बैठक दिउँसो २ बजे बस्ने गरि बोलाईएको थियो । त्यसपछि पनि सहमति नभएपछि बैठक बस्दै नबसि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ ।