१९ माघ २०८१, शनिबार
,
Latest
त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध जनाएको छ ।

सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि सभा अवरुद्ध भएको हो ।

बैठकमा काँग्रेस सांसदहरुले उठेर बिरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाख दाहालले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गर्नुभयो । उहाँले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले बिरोध नगरिदिन आग्रह गर्नुभयो । उहाँले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरुसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुमपा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आईतवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।