• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने



Caitlin Foord was part of the superstar Matildas team who took Australia by storm during the 2023 Women’s World Cup.(AAP: Dan Himbrechts)

क्यानबेरा । फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ ।

एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकको उपस्थितिको रेकर्ड बनाएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई अहिलेसम्मकै उत्कृष्ट महिला विश्वकपका रूपमा वर्णन गर्नुभएको थियो ।

सन् २०२६ मा १२ टिमकोे महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु,) क्विन्सल्यान्ड र पश्चिमी अस्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन् । सिड्नीको स्टेडियम अस्ट्रेलियामा सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

अस्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा महिला एसियाली कपको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा राष्ट्रिय महिला टोली माटिल्डा पहिलो पटक फाइनलमा पुगेको थियो तर पेनाल्टीमा चीनसँग पराजित भएको थियो ।

अस्ट्रेलियाले सन् २०१० मा पहिलो पटक प्रतियोगिता जितेको थियो भने सन् २०१४ र २०१८ मा पुन: फाइनलमा पुग्दा पनि दुवै अवसरमा जापानसँग पराजित भएको थियो ।