काठमाडौ । सङ्गीतकार सङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सनिबार सम्पन्न साधारणशभाले पारस मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा,प्रथम उपाध्यक्षमा हरि लम्साल ,द्वितीय उपाध्यक्षमा अष्ट लामा ,महासचिवमा वसन्त सापकोटा चयन हुनुभएको छ ।
यसै गरी सचिबमा सुदाम थापा ,कोषाध्यक्ष राजेश थापा र सदस्यहरुमाजेम्स प्रधान, राजन ईशान,टंक बुढाथोकी र काली प्रसाद बास्कोटा चयन हुनु भएको छ ।











