• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

राष्ट्रिय सभामा काँग्रेसको बिरोध कायमै, शुक्रवारसम्मका लागि बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध गरेपछि बिहीवारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बैठक शुक्रवार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक शुरु भएपछि सभाको कारबाही प्रश्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएका थिए । काँग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गर्नुभएको हो । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको ६ वर्ष पूरा भएर ७ औं वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थाल्यो । यसले अलि अफ्ठ्यारो पनि भइरहेको छ । सबैलाई यो अफ्ठ्यारो भइरहेको छ । बाहिर पनि नयाँ नयाँ चर्चा परिचर्चा चलिरहेको स्थिति छ । मान्य सदस्यहरुले जुन विषयवस्तु उठाइरहनुभएको छ, यसमा सरकारको ध्यानाकर्षण भएको छ जस्तो लाग्छ, गृहकार्य पनि भइरहेको छ । जिम्मेवार ठाउँमा बसेका हामीले अध्यादेश आइसकेपछि पहिलो दिन नै पेश गर्नुपर्ने, कामकारबाही अघि बढाउनुपर्ने त्यो काम पनि रोकिएको छ । नेपालको सिंगो संसदीय इतिहासमा स्म्माननीय राष्ट्रपतज्यिुले सम्बोधन गरेको विषयलाई त्यसकै सानो अंश धन्यवाद दिनुपर्ने कुरा पनि दिन पाएका छैनौँ । यसले बाहिर सन्देश कस्तो गएको छ, त्यो अनुमान गर्नुभएकै छ । यसले गम्भीर बनाएको छ ।’

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल