१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
अ अ+ अ-

भैरहवा । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ ।

एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बौद्ध भिक्षुहरूबाट बौद्ध परित्राण पाठ गरी ‘लुम्बिनी पिस फ्लेम’ नाम दिइएको उक्त शान्ति दीपको ज्योति टर्चलाइटमा प्रज्ज्वलन गरी हस्तान्तरण गरिएको हिमालय एक्सपिडिसनका संस्थापक एवं अध्यक्ष विक्रम पाँडेले जानकारी दिनुभयो । उहाँले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सगरमाथासम्म पुर्याइने यो यात्राले यस क्षेत्रलाई नयाँ पहिचान दिलाएको बताउनुभयो ।

“ओलम्पिक टर्च र ओलम्पिक फ्लेम लिएर दौडिने पहिचान ग्रिससँग गाँसिएको छ । अब विश्वमा दोस्रो स्थानको पनि जन्म भएको छ”, पाँडेले भन्नुभयो, “यो सातौँ संस्करण हो । यसको जन्म भगवान् गौतमबुद्धको जन्मस्थलबाट सगरमाथासम्म भएको छ ।” उहाँले यो प्रतियोगिताले संसारको ध्यान तानेको र यसले पर्यटकहरूको आगमनमा सहयोग पुर्याएको बताउनुभयो ।

विश्व शान्ति दीप अर्थात् लुम्बिनी पिस फ्लेमबाट बुद्ध जन्मस्थल मायादेवी मन्दिर र पवित्र पुष्करणी कुण्डलाई फन्को लगाई तिलौराकोटतर्फ प्रस्थान गरिसकेको छ । कीर्तिमानी धावक मानन्धरसहित खेलाडीहरू बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, राधा श्रेष्ठ, दीपक लामा, सुरेन्द्र महर्जनको टोलीले उक्त ज्योति लुम्बिनीबाट तिलौराकोटा कपिलवस्तु, सिद्धार्थनगर ९भैरहवा०, रामग्राम ९नवलपरासी०, चितवन धादिङ, काठमाडौँ हुँदै मे २९ सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधार शिविरमा पुर्याउने छन् ।

म्याराथन सुरु हुनुअघि लुम्बिनीबाट पुर्याइएको दीपको पूजा गरिन्छ । आधार शिविरमा स्वदेशीसहित दुई सय ५० बढी विदेशी धावक र विभिन्न देशका राजदूतहरूले प्रत्यक्षरूपमा उक्त पिस फ्लेमको दर्शन गर्ने अध्यक्ष पाँडेले बताउनुभयो । यो कार्यले लुम्बिनी र सगरमाथा एकापसमा नजिकबाटै जोडिने उहाँको भनाइ छ ।

विसं २०७२ को भूकम्पपछि शान्ति दीपको ज्योति सगरमाथाको आधार शिविरमा मे २९ गतेका दिन पुर्याइने गरिएको थियो । कोरोना सङ्क्रमणका कारणले एभरेष्ट म्याराथन हुनसकेको थिएन । म्याराथन सगरमाथाको आधार शिविरबाट सुरु भई नाम्चे बजारमा आएर समापन हुने धावक मानान्धरले जानकारी दिनुभयो । रासस