• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

संसदीय समिति बनाउन सहमति जुटेन, काँग्रेसले संसद बैठक अवरोध गर्ने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि नेपाली काँग्रेसले भने अनुरुपको संसदीय छानविन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि काँग्रेसले अवरोध कायम राख्ने भएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सहमतीको बिन्दुमा पुग्न नसकिएको बताउनुभएको हो । उहाँले सहमति जुट्न नसकेका कारण काँग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराहरु नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानविन समिति गठन हुनुपर्छ । संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट शुरु गर्न खोजेको हो यो चाहीँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानविन गर्न तयार नभएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिाछानेकेन्द्रित छानविन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुरो मिलेको छैन । छानविन समिति जुन हामीले माग गरेका छौँ । त्यसमा रविजी लगायत सहकारीमा दुरुपयोग, ठगि भएको छ । सबैलाई समेटेर छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसको लागि सत्तापक्ष तयार हुनुभएको छैन । उहाँहरुको सामान्यतया सहकारीहरुको कहाँ के समस्या छ त्यसको हेर्ने, त्यसको छानविन गर्ने भन्ने किसिमले आएको हुनाले सहमती हुन सकेको छैन । अन्य पनि छानविन होस् त्यसमा आपत्ति छैन । तर रविजीको विषयमा छानविन अवरुद्ध भइरहेको छ । त्यस हुनाले संसदीय छानविन समितिले नै माग गर्‍यौँ । त्यो विषयलाई ओझेलमा पारेर त्यसलाई सामान्यिकरण गर्दाखेरी त्यसको लक्ष्य हासिल हुन सक्दैन । त्यस हुनाले कुरा मिलेको छैन ।’

उहाँले सरकारले गृहमन्त्री लाािमछानेको विषयलाई सामान्यिकरण गरेर छानविन समिति बनाउन खोजेको भन्दै सो कुरा काँग्रेसलाई मान्य नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल