२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’



अ+ अ-

एजेन्सी । नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेका छन् ।

भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर क्षेत्रीले जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए।

सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सन्यासको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै उनले भनेका छन्, ‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’।

कप्तान क्षेत्रीको पोस्टमा भारतीय क्रिकेट टोलीका खेलाडी विराट कोहलीले समेत कमेन्ट गरेका छन् । उनको पोस्टमा विराट कोहलीको कमेन्ट निकै भाइरल भइरहेको छ । सुनिल क्षेत्रीको पोस्टमा विराट कोहलीले लेखेका छन्- ‘मेरो भाइ, तिमीमा गर्व छ…’

विराट कोहली बाहेक फिफा आईपीएल टीम रोयल च्यालेन्जर्स बैंगलोर र बीसीसीआई लगायत धेरै प्रसिद्ध व्यक्तिहरूले सुनील क्षेत्रीको सन्यासलाई लिएर आफ्नो विचार व्यक्त गरेका छन्। साथै, फ्यानहरूले भारतीय कप्तानलाई उनको सन्यासको शुभकामना पनि दिएका छन्।

सन् २००२ मा डेब्यू गरेका क्षेत्रीले आफ्नो उत्कृष्ट करियरमा भारतको लागि १५० म्याचमा ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् ।