६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’



अ+ अ-

एजेन्सी । नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेका छन् ।

भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर क्षेत्रीले जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए।

सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सन्यासको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै उनले भनेका छन्, ‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’।

कप्तान क्षेत्रीको पोस्टमा भारतीय क्रिकेट टोलीका खेलाडी विराट कोहलीले समेत कमेन्ट गरेका छन् । उनको पोस्टमा विराट कोहलीको कमेन्ट निकै भाइरल भइरहेको छ । सुनिल क्षेत्रीको पोस्टमा विराट कोहलीले लेखेका छन्- ‘मेरो भाइ, तिमीमा गर्व छ…’

विराट कोहली बाहेक फिफा आईपीएल टीम रोयल च्यालेन्जर्स बैंगलोर र बीसीसीआई लगायत धेरै प्रसिद्ध व्यक्तिहरूले सुनील क्षेत्रीको सन्यासलाई लिएर आफ्नो विचार व्यक्त गरेका छन्। साथै, फ्यानहरूले भारतीय कप्तानलाई उनको सन्यासको शुभकामना पनि दिएका छन्।

सन् २००२ मा डेब्यू गरेका क्षेत्रीले आफ्नो उत्कृष्ट करियरमा भारतको लागि १५० म्याचमा ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् ।