नेकपा (दाहाल-नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईले आफुलाई कुनै दुख नलागेको बताउनुभएको छ । बरु प्रम ओलीको यस्तो बोलीले उहाँको स्तर थाहा पाएको बताउनुभएको छ ।
शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा प्रम ओलीले भट्टराईलाई 'बैगुनी केटो लात्ताले पुक्क हानेर भाग्यो' भन्दै कटाक्ष प्रहार गर्नुभएको थियो ।
त्यसपछि भट्टराईले प्रम ओलीको सो अभिव्यक्ति प्रती जवाफ दिँदै केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै प्रम ओलीले कुर्सीप्राप्त गरेको र यस्तो बोलीले प्रमको स्तर थाहा पाएको बताउनुभएको हो ।
सामाजिक सञ्जालमा योगेश भट्टराईको प्रमलाई जवाफ:
'केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।
केटो भनिपाउदा मलाई दुस्ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।'
यो पनि पढ्नुहोस्:











