• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !

जुडो सङ्घका पदाधिकारीलाई सदस्य सचिव घिसिङको बधाई



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाल जुडो सङ्घका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई आज बधाई दिनुभएको छ ।

त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसँग भएको भेटमा सदस्य–सचिव घिसिङले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । उहाँले वर्तमान कार्यसमितिले जुडो सङ्घलाई अझ मजबुद बनाएर लैजाने विश्वास व्यक्त गर्दै जुडो खेलप्रति आकर्षण जगाउन व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

गत बैशाख ३१ गते सम्पन्न जुडो सङ्घको छैठौँ केन्द्रीय चुनावी साधारणसभाले दीपकहर्ष बज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

धर्मशिला चापागाईं वरिष्ठ उपाध्यक्ष, रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गङ्गा खड्का उपाध्यक्ष, प्रकाशचन्द्र पाण्डे महासचिव, पवनकुमार बानियाँ सचिव तथा प्रमोदप्रसाद नेपाल कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

साथै राजन रोकाय, सुनिता बोहरा, तुलबहादुर थापा मगर, दीपक विष्ट, सविन मोक्तान र प्रकाश सारु मगर सदस्यमा चयन हुनुएको थियो । सबै पदमा निर्वाचन भएको थियो ।