१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगटी हाइड्रो इनर्जीद्वारा आजबाट आईपीओ बिक्री खुला



अ+ अ-

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने छन् । 

उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि २९ करोडबराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ ।