• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

आईपीएलः दिल्लीको जितको फाइदा बैंगलोरले उठायो



एजेन्सी । आईपीएल २०२४ को ६२औं लिग खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । दिल्लीको जितपछि प्रश्न उठिरहेको छ कि यसले रोयल च्यालेन्जर्स बैंगलोरलाई फाइदा पुग्छ ?

लखनउलाई हराएर, दिल्लीले उसलाई १६ अंकमा पुग्नबाट रोक्यो, जुन कुनै न कुनै रूपमा आरसीबीका लागि फाइदाजनक हुनेछ ।

दिल्लीको जितको सबैभन्दा ठूलो फाइदा राजस्थान रोयल्सले पाएको छ । दिल्ली जितसँगै राजस्थान प्लेअफमा प्रवेश गरेको छ । यसका साथै यो जितसँगै दिल्लीले बैंगलोरको बाटो पनि सहज बनाएको छ । ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले लखनउ विरुद्ध सिजनको अन्तिम लिग खेल खेलेको थियो, जसमा उसले १४ अंक हासिल गरेको छ ।

अब प्लेअफ दौडमा रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सका टोलीले अधिकतम १४ अंक जोड्न सक्छन् । यस्तो अवस्थामा राम्रो नेट रन रेट भएको टोली चौथो स्थानका लागि छनोट हुनेछ ।

अहिले सनराइजर्स हैदरावादसँग मात्र १६ अंक जोड्ने मौका छ । १४ अंकमा पुगेको टोलीमध्ये आरसीबीको नेट रन रेट चेन्नईपछिको उत्कृष्ट रहेको छ ।

बैंगलोरको अर्को र अन्तिम लिग खेल चेन्नई सुपर किंग्ससँग हुनेछ । अन्तिम खेलमा चेन्नईलाई हराएर आरसीबी प्लेअफमा पुग्न सक्छ । यदि बैंगलोरले चेन्नईसँगको अन्तिम खेलमा हार्यो भने प्लेअफको दौडबाट बाहिरिने निश्चित छ । अब कुन दुई टोली प्लेअफमा पुग्छन् त्यो हेर्नको लागि चासोको विषय हुनेछ ।