१२ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् इतिहासविद् नेपालको निधनमा दु:ख व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ– ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’, ‘नेपालको महाभारत’ लगायत दर्जनौँ अनुसन्धानमूलक पुस्तकका लेखक, नेपाली इतिहास लेखनको अनुसन्धानकर्ता, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता एवं खोजकर्ता इतिहासविद् ज्ञानमणि नेपालको निधनको खबरले दु:खी भएको छु ।’

पूर्वराष्ट्रपति भण्डारीले इतिहासविद् नेपालको निधनबाट हामीले नेपाली इतिहासको वस्तुपरक अध्ययन र अनुसन्धानमा संलग्न एक देशभक्त वौद्धिक व्यक्तित्व गुमाएका छौं भन्नुभएको छ । उहाँले दिवंगत ज्ञानमणि नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

इतिहासविद् नेपालको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।