• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

लखनउमाथि दिल्लीको जितसँगै राजस्थान आईपीएलको प्लेअफमा



काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ६४ औं खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई १९ रनले पराजित गरेको छ ।

आइतबार दिल्लीको यो जितसँगै राजस्थान रोयल्स प्लेअफमा प्रवेश गरेको छ । योसँगै डिसी १४ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ ।

अर्कोतर्फ, लखनउ १२ अंकसहित ७ नम्बरमा छ । अब लखनउले १७ मे मा मुम्बईविरुद्धको खेल जित्नुपर्नेछ ।

अरुण जेटली स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको थियो । दिल्लीले घरेलु मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

जवाफमा लखनउले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच इशान्त शर्मा भए । उनले ३४ रनमा ३ विकेट लिए ।

डिसीका अभिषेक पोरेलले ३३ बलमा ५८ रनको इनिङ खेले भने ट्रिस्टन स्टब्सले २५ बलमा अविजित ५७ रन बनाए । शाइ होपले ३८ र कप्तान ऋषभ पन्तले ३३ रन बनाए । लखनउका नविन उल हकले २ विकेट लिए । अर्शद खान र रवि बिश्नोईले एक–एक विकेट लिए ।

एलएसजीबाट निकोलस पुरनले ६१ रनको इनिङ खेले । अर्शद खानले अविजित ५८ रन बनाए । इशान्त शर्माले ३ विकेट लिए । अक्षर पटेल, कुलदीप यादव, मुकेश कुमार, खलिल अहमद र ट्रिस्टन स्टब्सले एक–एक विकेट लिए । एउटा ब्याटर रनआउट भए ।