२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने



अ+ अ-

काठमाडौं । क्रिकेट सन्दीप लामिछानेको मुद्दामा आज फैसला आउने सम्भावना छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा जारी बहस आज सकिने र आजै फैसला आउन सक्ने सम्भावना रहेको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हिजो हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनले जनाएको छ ।

जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदन तथा जिल्ला अदालतले लामिछानेलाई कम सजाय दिएको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दिएको निवेदनलाई एकैसाथ राखेर बहस भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।

लामिछानेको मुद्दाको सुनुवाइ सुरु भएसँगै उनको पक्षमा विभिन्न ठाउँमा जुलुस निस्कन थालेका छन् । हिजो पनि काठमाडौंका विभिन्न स्थानमा दिनभर जसो जुलुस निस्किए । सन्दीपको पक्षमा नाराबाजी गर्दै उनी निर्दोष रहेको दाबी प्रदर्शनमा सहभागीहरुले गरे ।




भर्खरै