२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना



अ+ अ-

काठमाडौँ । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताउनु भयो । उहाँले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ । साईबर सुरक्षा सम्बन्धि अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन तहगत व्यवस्था गरिनेछ । डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गरिनेछ । नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ । ’

राष्ट्रपति पौडेलले साईबर सुरक्षा सम्बन्धि कार्यलाई प्रभावकारी बनाउने बताउनु भयो ।