२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २६६ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । आईतबार २६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।

यस्तै आईतबार थप ४०० जना कोरोना संक्रमणबाट निको भएरसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १२ हजार ४ सय ५२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ । 

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ जना रहेको छ ।